☰ open Loading... 17 May 2024|  

ट्र्याक्टर दुर्घटना, २ को मृत्यु, १ जना घाइते
पश्चिम नेपाल   | १० चैत्र २०८०, शनिबार १०:२०

दोलखाको गौरीशंकर गाउँपालिका ५ सुरीबाट सिंगटी जाँदै गरेको ट्र्याक्टर सामेली भोर्लेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

शुक्रबार राति नम्बर नखुलेको ट्र्याक्टर दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका ५ तिनेखुका २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका १९ वर्षीय पेम्बा तामाङ सख्त घाइते भएका छन् ।

ट्र्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १ सय ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।