☰ open Loading... 13 May 2024|  

तिलामा बगेर किशोर बेपत्ता
पश्चिम नेपाल   | १० चैत्र २०८०, शनिबार ११:३९

तिला नदीमा बगेर एक १५ वर्षीय किशोर बेपत्ता भएका छन् । शुक्रबार दिउँसो २ बजे माछा मार्न गएका तिलागुफा-६ जुविथाका गणेशबहादुर शाही नदीमा बगेर बेपत्ता भएका हुन् ।

जुविथा गाउँको सत्यदेवी माविमा ९ कक्षामा अध्ययनरत शाही शुक्रबार दिउँसो विद्यालयबाट फर्किएर माछा मार्न नदीमा गएको बेला चिप्लिएर नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए ।

नदीमा बगेर बेपत्ता किशोरको खोजी भइरहेको प्रहरी निरिक्षक थापाले जानकारी दिए । उनी गाल्जे बजारभन्दा तलको तिला नदी किनाराबाट बगेको आफन्त नरेश शाहीले बताए ।