☰ open Loading... 21 May 2024|  

कर्णालीमा विश्वासको मत लिँदै मुख्यमन्त्री
पश्चिम नेपाल   | २० चैत्र २०८०, मंगलवार ०८:२४

मुख्यमन्त्री राजकुमार शर्माले पार्टी अध्यक्ष प्रचण्डको निर्देशन विपरीत राजीनामा नदिएर मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए ।

तर मुख्यमन्त्री शर्माले ‘केन्द्रको निर्णय ढिला आएको र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने’ जवाफ दिएको सरकारका प्रवक्ता, एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।