☰ open Loading... 30 April 2024|  

पेट्रोलियम पदार्थ अन्वेषणका मेसिनरी सामाग्री बोकेको ट्रक पल्टियो
पश्चिम नेपाल   | २१ चैत्र २०८०, बुधबार २२:०१

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रलिङ’ मेसिनको सामाग्री बोकेको एउटा ट्रक दुर्घटनामा परेको छ। ट्रक कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा दुर्घटना भएको हो । यद्यपि चालकलाई भने केही नभएको दुल्लु प्रहरीले जनाएको छ।

चीनबाट आएका ठुला र गह्रौं मेसिनरी सामानहरु नेपालगञ्ज, सुर्खेत, कर्णाली राजमार्ग हुँदै भैरवी गाउँपालिकाको जलजले लगिँदै छन् । तर ठुला र लामा ट्रकका लागि कर्णाली राजमार्ग साँघुरो हुँदा समस्या भएको छ। जसका कारण आज एउटा ट्रक पल्टिएको दुल्लु प्रहरीले जनाएको छ।