☰ open Loading... 1 May 2024|  

दैलेख पेट्रोलियम पदार्थ अन्वेषणः सुरक्षा दिँदै नेपाल र सशस्त्र प्रहरी
पश्चिम नेपाल   | २२ चैत्र २०८०, बिहीबार ०९:५९

पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणका लागि चीनबाट ड्रिलिङ सर्वेका सामानहरु आउन थालेसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले परियोजना स्थलमा सुरक्षा दिन थालेका छन्। सामानहरु आउन थालेसँगै दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा दुवै प्रहरी संगठनबाट सुरक्षा व्यवस्था मिलाईएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सामान झर्न थालेसँगै तत्कालका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट संयूक्त रुपमा सुरक्षा व्यवस्था मिलाईएको बताए। ‘हप्तादिनभित्र परियोजना स्थलमै बस्ने गरि सशस्त्र प्रहरी राखिने छ।’ प्रमुख जिल्ला अधिकारी भुसालले भने, तत्कालका लागि दुवै प्रहरी संगठनबाट सुरक्षा दिनेगरी खटाईएको छ।’

२०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्वेको काम हुन थालेसँगै उत्साह बढेको छ।

काम सुरु भएको ४ देखि ५ महिनाभित्र अन्वेषण सकिने परियोजनाले जनाएको छ।