☰ open Loading... 17 May 2024|  

दैलेखमा मनाइयो राष्ट्रिय झण्डा दिवस
यामराज बिष्ट   | २ बैशाख २०८१, आईतवार ०८:१२

दैलेख । बास नेपाल दैलेख शाखाले राष्ट्रिय झण्डा दिवस  मनाएको छ ।राष्ट्र राष्ट्रिया राष्ट्रिय स्वाधिनताका लागी नयाँ बर्ष तथा राष्ट्रिय झण्डा दिवस मनाऔं भन्ने मूल नाराका साथ दैलेखमा झण्डा दिवस मनाएको हो ।

केही समय यतादेखि नेपालमा झण्डाको दुरुपयोग भइरहेकाले सचेतना फैलाउन पनि यो दिवस मनाएको बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाले बताए ।उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दैलेख,गुराँस कम्प्युटर इन्ष्टिुच्यूट,जेसिज दैलेखको समन्वयमा यो कार्यक्रम आयोजना गरिको जानकारी दिए ।उनले देशका ७७ वटै जिल्ला शाखाले राष्ट्रिय झण्डा दिवस मनाउन लागेको बताए ।

राष्ट्रिय झण्डा हाम्रो पहिचान भएकाले सबैले यसको महत्र्व बुझन् जरुरी रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दैलेखका शाखा प्रबन्धक कृष्ण प्रसाद उपाध्यायले बताए ।

कार्यक्रममा जेसिज दैलेखका अध्यक्ष प्रकाश बुढाले राष्ट्रियताको संरक्षणमा नागरीकहरु सचेत हुनुपर्ने बेला आएको बताए । उनले झण्डाको महत्व बुझाउदै युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यस्ता खाले दिवस हुनुपर्नेे बताए ।

यस्तै कलाकार लोकेन्द्र जिसी कुमारले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताए । आँउदा दिनमा पनि यस्ता खाले कार्यक्रम मार्फत नेपाली झण्डाभित्र लुकेको विषेशतालाई विश्वसामु उजागर गर्नुपर्ने उनले जानकारी दिए ।

राष्ट्रियता मजबुत बनाउनको लागि राष्ट्रिय झण्डा दिवस मनाउन जरुरी रहेको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले बताए । उनले आगामि दिनमा यस दिवसलाई अझै वृहत रुपमा मनाउनको लागि बिभिन्न निकायहरु संग समन्वय गरेर अगाडी बढ्न आग्रह गरे ।

उनले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियानले ठुलो सहयोग हुने जानकारी दिए । पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने नगर प्रमुख शर्माले बताए ।उनले नगरपालिकाले यस्ता खाले अभियानलाई सहयोग गर्ने समेत बताए ।