☰ open Loading... 1 May 2024|  

दिदीबहिनी मृत भेटिए
पश्चिम नेपाल   | २८ चैत्र २०८०, बुधबार ०७:३४

कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् ।

घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए ।

प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषधि खाइरहेको पाइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बिष्टले बताए ।