☰ open Loading... 2 May 2024|  

हेलिकप्टर नजाँदा डढेलोमा घाइते भएका एक बालकको मृत्यु, दुई जनालाई काठमाडौं ल्याइयो
पश्चिम नेपाल   | ३० चैत्र २०८०, शुक्रबार १७:२२

डोल्पा डढेलोमा घाइते भएका तीन जना बालकहरूमध्ये एक जना बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–४ का वर्ष १० को सुरज बुढा रहेको डोल्पाका प्रहरी प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।

घाइते अन्य दुई बालकलाई भने हेलिकप्टरबाट काठमाडौं पठाइएको उनले बताए। केसीले भने, घाइते भएका तीन बालकमध्ये एक जनाको आज बिहान साढे ६ बजेतिर मृत्यु भएको छ। अन्यलाई भने बिहान ९ बजेतिर हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा च्याउ टिप्न गएका बालकहरू बिहीबार वनमा लागेको आगोमा परी घाइते भएका थिए। बिहीबार नै काठमाडौं पठाउने तयारी गरेपनि हेलिकप्टर जान नसक्दा उनीहरुलाई जिल्ला अस्पतालमा राखिएको थियो।

यसअघि सोमबार दुनैमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका तीन जना सैनिक जवानको उपचारका क्रममा निधन भएको थियो।