☰ open Loading... 30 April 2024|  

एमाले हुम्ला जिल्लाको अधिबेशन सम्पन्न बुमीको प्यानल बिजयी
पश्चिम नेपाल   | ५ बैशाख २०८१, बुधबार ०५:३०

नेपाल कम्युनिष्ठ पार्टी (एमाले) हुम्लाको दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । चैत २९ गतेदेखि सुरु भएको उक्त अधिवेशनमा जिल्लाका शिर्ष नेताहरुले सहमतिका लागि निकै प्रयास गरे पनि अन्तमा चुनावी प्रक्रियामा बुमीको प्यानल निर्वाचित हुन सफल भएको हो ।

०८० बैशाख १ गते (आइतबार) साँझ पाँच बजेबाट मतदान भएर सोही दिन राती मतगणना भएको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल खडा भएर चुनावी मैदानमा उत्रिएको थियो । अध्यक्ष बुमी १ सय २४ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचीत भएका छन् । भने उनका प्रतिद्धन्दी डबल रावतले १ सय १९ मत प्राप्त गरेका थिए । बुमीको प्यानलबाट उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुल्ला उपसचिवको पदाकारी पदमा निर्वाचीत भएका छन् ।

जसमा सबै भन्दा बढी लोकप्रिय मत पाएर प्रकाश बहादुर शाही उपाध्यक्षमा निर्वाचीत भएका छन् । उपाध्यक्षमा शाहीले १ सय ६२ मतले विजयी भएको छन् । भने उनका प्रतिस्पर्धी उब्जन मल्लले जम्मा ८० मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा तीर्थराज बोहरा १ सय ३९ मत ल्याएर निर्वाचीत भएका छन् । भने उनका प्रतिस्पर्धी गोकुल बुढाले १ सय ३ मत प्राप्त गरेका छन् ।

खुल्ला उपसचिवमा प्रदिप लामाले १ सय ३३ मत ल्याएर विजयी भएका छन् । भने उनका प्रतिद्वन्द्वी बुध भण्डारीले १ सय १ मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपसचिवमा मञ्जु रावलले १ सय ३४ मत ल्याएर विजयी भएकी हुन् । भने उनकी प्रतिद्वन्द्वी बिमला कुमारी शाहीले ९५ मत प्राप्त गरेको नव निर्वाचित पार्टी सचिव तिर्थराज बोहराले जानकारी दिए ।

जिल्लाबाट नेतृत्व गर्ने केन्द्रिय स्तरका नेता विभाजित भएका छन् । एमाले केन्द्रीय सदस्य द्धय दल रावल र छक्क बहादुर लामा एक कित्तामा उभिएका थिए । भने उनिहरुको प्यानलका निर्वाचीत जिल्ला अध्यक्ष बुमी सहितको टिम निर्वाचीत भएको छ । यस्तै एमाले केन्द्रीय सदस्य दल बहादुर फडेरा र स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीको प्यानल पराजीत भएको हो ।