☰ open Loading... 22 May 2024|  

करेन्ट लागेर बालिकाको मृत्यु
पश्चिम नेपाल   | ३ बैशाख २०८१, सोमबार ०९:०४

सिंजा गाउँपालिका-३ छान्निगाडा बस्ने नमराज गिरीकी छोरी १३ वर्षीया नबिना गिरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

घर नजिकै बाटोमा बाख्रा चराउन गएकी उनको राष्ट्रिय प्रशारण लाइनको बिजुलीको तार निर्माणाधीन नेपाल टेलिकमको टावरमा लैजाने क्रममा बाटोमा फालिएको तारमा करेन्ट लागेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।