☰ open Loading... 22 May 2024|  

मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा घाटमा काम गर्ने कामदारको मृत्यु
पश्चिम नेपाल   | ३ बैशाख २०८१, सोमबार २१:०२

सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ।

आज दिउँसो ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’ मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो।

इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकामा प्रहार गर्दा घाइते भएका तामाङको उपचारका क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

घटनामा संलग्न उमेशलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी फरार अनिलको खोजी गरिरहेको बताइएको छ।