☰ open Loading... 1 May 2024|  

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्याे
पश्चिम नेपाल   | ३ बैशाख २०८१, सोमबार २१:०७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएकाे हाे।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो। निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको छ।