☰ open Loading... 30 April 2024|  

कर्णालीका ४० सामुदायिक वनमा डढेलो
पश्चिम नेपाल   | ४ बैशाख २०८१, मंगलवार १९:३३

गर्मी सिजन लागेसँगै कर्णालीमा आगलागीका घटना बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेको छ ।

प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार फागुन यता प्रदेशभरका ४० वटा राष्ट्रिय तथा सामुदायिक वन÷जङ्गल आगलागीबाट सखाप भएका जनाइएको छ । कतिपय जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।