☰ open Loading... 2 May 2024|  

बाढीमा डुबेको दुबई
पश्चिम नेपाल   | ६ बैशाख २०८१, बिहीबार १४:०९

भारी वर्षा र आँधीले खाडीका केही राज्य बाढीको चपेटामा परे । बाढीको कारण मंगलबार दुबई विमानस्थल नै बन्द गर्नु परेको थियो । प्रायजसो गर्मी र घमाइलो मौसम हुने संयुक्त अरब इमिरेट्स (यूएई)मा २४ घण्टाको अवधिमा १०० एमएम भन्दा बढी वर्षा भयो । यो ७५ वर्षयता वर्षासम्बन्धी रेकर्ड राख्न थालेयताकै धेरै थियो ।

स्थानीय सरकारले रेड अलर्ट जारी गरेको छ भने कार्यालय, विद्यालय र बैंक नै बन्द गरिएको छन् । आँधीको चपेटामा मध्य पूर्वका अन्य क्षेत्र पनि परेका छन् । ओमानमा बाढीकै कारण कम्तीमा १९ जनाको ज्यान गएको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेका छन् ।
बाढीको पानीले सडक डुबानमा पर्दा सवारी साधनहरू गुड्नै गाह्रो भएको देखिन्थ्यो । सडकमा कयौँ सवारी साधन पानीमा चुर्लुम्म डुबेका थिए । तस्बिरमा हेर्नुस् बाढी कारण डुबानमा परेको दुबई: