☰ open Loading... 2 May 2024|  

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ७ को अवस्था गम्भीर
पश्चिम नेपाल   | ७ बैशाख २०८१, शुक्रबार ०९:१७

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको तौथलीमा जन्ती बोकेको बा ४ ख ५६१६ नं. काे बस आज बिहान करिब ७ः ३० बजेतिर सडकबाट करिब २ सय मिटर तल खसेकाे थियाे।

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटनामा परेको बताए।

मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको र उनीहरूको सनाखत हुन बाँकी रहेको पनि उनले बताए।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार गम्भीर घाइते ७ जनालाई सिन्धु सदाबहार अस्पताल लगिँदै छ भने अन्य घाइते सामान्य उपचार गराएर फर्किएका छन्। घाइते हुनेहरूको नाम खुल्न सकेको छैन।

उनले बाटो निकै साँघुरो र ५० देखि ५५ जना बसमा सवार भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको पनि बताए।