☰ open Loading... 3 May 2024|  

शुक्रबार सुनको मुल्य हालसम्मकै उच्च
पश्चिम नेपाल   | ७ बैशाख २०८१, शुक्रबार १३:४१

बिहीबार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यस्तै,चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७२० कायम भएको छ।