☰ open Loading... 19 May 2024|  

नागरिकका गुनासा सुन्दैः प्रजिअ
यामराज बिष्ट   | ११ बैशाख २०८१, मंगलवार ०६:२५

दैलेख । सेवा ग्राहीलाई नागरिक मैत्री सेवा प्रवाहको सवाललाई प्रमुख प्राथमिकताका साथ लिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताएका छन् । जिल्लामा सेवा ग्राहीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहलाई प्रमुख प्राथमिकता दिइएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय दैलेखले आफ्ना दैनिक कार्यलाई नागरिकमैत्री बनाउन सेवा प्रवाह प्रतिको प्रतिकृया गुनासा सुन्ने गरेको प्रजिअ भुषालले जानकारी दिए । प्रत्येक दिन दिउँसो एक बजेको समयमा सेवालिन आएका सेवाग्राहीसंगै बसि उनीहरुको समस्या/गुनासा सुन्ने गरेको उनले भनाई छ ।

जिल्लाको शान्ति सु–व्यवस्थालाई चुस्त दुरुस्त राख्ने, विपद् व्यवस्थापन प्रतिकार्यको पूर्ण तयारी अवस्थामा राखिने, विकास व्यवस्थापनमा सहिजकरण गर्ने लगायतका कार्यहरूलाई जोड दिइने उनले  बताए ।

उनले भने नागरिक मैत्री सेवा प्रवाहले सेवाग्राही र हामि बिचको सम्बन्ध थप सकरात्मक राख्न समस्या÷गुनासा सुन्ने गरेको जानकारी दिए । जिल्लाको समग्र क्षेत्रमा सुशासन प्रवर्द्धनमा जोड दिइने समेत उनले भनाई छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने, नागरिकका गुनासो सुनुवाइ प्रभावकारी गर्ने कुरा विशेष प्राथमिकतामा राखेको छ ।