☰ open Loading... 18 May 2024|  

बँदेलको आक्रमणबाट सात जना घाइते
यामराज बिष्ट   | ११ बैशाख २०८१, मंगलवार १५:५२

दैलेख –दैलेखमा बँदेलको आक्रमणबाट सात जनालाई घाइते भएका छन् । भैरबी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयलाई बँदेलले घाइते बनाएको हो ।
घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा समेत तीन वटा टोलका बारीमा गहुँ काट्दै गरेको बाटोमा हिँड्दै गरेका समेत सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरबी गाउँपालिका–६का वडाध्यक्ष तुलबहादुर हमालले जानकारी दिए ।

घाइतेहरु मध्ये गणेश सलामीलाई गाँउपालिकाको एम्बुलेन्स मार्फत थप उपचारका लागि दैलेख सदरमुकाम पठाएको उनले बताए ।

बँदेलको टोकाईबाट भैरबी गाउँपालिका–६ का ४३ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर,३३वर्षीय रत्नबहादुर बराल,२६ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते घाइते भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए ।
घाइते घाइतेहरु सबैलाई स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।