☰ open Loading... 22 May 2024|  

सुनकाे मूल्य २७ सयले ओरालियाे
पश्चिम नेपाल   | ११ बैशाख २०८१, मंगलवार १३:३५

सुनको मूल्य आज फेरि घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज मंगलबार थप २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैबीच,चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो।