☰ open Loading... 19 May 2024|  

सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी जरिवाना
पश्चिम नेपाल   | २५ बैशाख २०८१, मंगलवार १९:४३

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई पेमेन्ट गेटवे प्रकरणमा ९ वर्ष कैद र २३ करोड बढी जरिवानाको फैसला सुनाइएको छ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको हो।

पेमेन्ट पेमेन्ट गेटवे प्रकरणमा गत वैशाख ७ गते सुनील दोषी ठहरिएका थिए। उनलाई अदालतले आज सजाय निर्धारण गरेको हो।