☰ open Loading... 31 May 2024|  

दैलेखमा चट्याङ लागेर शिक्षक र विद्यार्थी घाईते
पश्चिम नेपाल   | २७ बैशाख २०८१, बिहीबार १२:२६

दैलेखमा चट्याङ लागेर शिक्षक र विद्यार्थी घाईते भएका छन् ।

जिल्लाको उत्तरी भेकमा रहेको नौमुले गाउँपालिका –६ स्थित शिवशक्ति माध्यमिक विद्यालयमा चट्याङ लागेर दुई शिक्षकहरु प्रेमबहादुर चन्द र रमेश सिंह ठकुरी, विद्यार्थीहरु १३ बर्षिया लक्ष्मी गुरुङ, ९ वर्षीय विश्व विकास रावत र ९ वर्षकै यामबहादुर चन्द रहेका छन् । उनीहरुको बुधवार दिउँसो विद्यालयमै चट्याङ लागेको थियो ।

उनीहरुको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ । जिल्ला अस्पतालमा उपचार गरिरहेका दुई विद्यार्थीहरुमा लक्ष्मी गुरुङ र विश्व विकास रावत रहेका छन् । उनीहरुको कोखामा चोट देखिएको छ । जिल्ला अस्पतालमा उपचार गरिरहेका दुई विद्यार्थीको अवस्था सामान्य अवस्था हुँदै गईरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

क्याप्सन ः जिल्ला अस्पताल दैलेखमा उपचार गराईराखेका घाईतेहरुको अवस्था बुझ्दै दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायत सुरक्षा अधिकारीहरु ।