☰ open Loading... 22 May 2024|  

जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु
पश्चिम नेपाल   | ४ जेष्ठ २०८१, शुक्रबार ०५:१३

पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र सोही वडाको घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व)मा गए राति मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बुधबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घनाग्रस्त जिपमा चालकसहित १५ जना सवार थिए।