☰ open Loading... 19 June 2024|  

भेरी करिडोरको तल्नुबगरमा बेलिब्रिज सञ्चालन
पश्चिम नेपाल   | ५ जेष्ठ २०८१, शनिबार २१:१८

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ ।

जाजरकोटको नलगाड नगरपालिका-१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ आजदेखि सञ्चालनमा आएको हो ।

भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको व्यवसायीहरुले बताए ।

विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाख रुपैयाँमा ‘बेलिब्रिज’ निर्माणको जिम्मा पाएको थियो ।

गत वर्ष वैशाख ६ गते निर्माणाधीन तल्नुबगर बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो ।