☰ open Loading... 22 June 2024|  

४ गाउँमा साढे ४ किमि खेतीयोग्य जमिनमा घेराबार
पश्चिम नेपाल   | ९ जेष्ठ २०८१, बुधबार ०५:१०

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाको सिरान छन्, मनिगाउँ, गडिगाउँ, डिल्लिीकोट, चोत्रा र मनिसाँघु । गुठिचिौर १ का यि ५ बस्तीमा वर्षमा एक पटक मात्रै बालि पाक्छ । पशुपालन, जडिबुटि र कृषिले धानेको यो क्षेत्रमा अहिले किसानमैत्री विकास भइरहेको छ । यो वडा जुम्लाको एक मात्र त्यस्तो नमुना वडा हो, जहाँ, किसानहरुको साढे चार किलोमिटर खेतीयोग्य जमिन घेरबार गरिएको छ ।



गुठिचौर १ डिल्लीकोट कि डुमि कठायतको जमिनमा अहिले जौं र गहुँका बाला लहलह झुलिरहेका छन् । २०७९ साल भन्दा अघि किसानलाई रैथालेबाली पशुबस्तुबाट जोगाउनै मुस्किल पथ्र्यो । वर्षभरी दुख गरेर लगाइएको बाली पशुबस्तुले खादा डुमिको आँखाबाट धेरै पटक आँशु खसे । भित्र्याउन तयार गरिएको अन्नबाली पशुबस्तुले खाँदा वर्षभरीको मेहनत बालुवामा पानी खन्याए सरह हुन्थ्यो । जब वडा सरकारले बृहत घेरबारको अवधारणा ल्यायो किसानको ओठमा हर्ष छाएको छ ।

‘दिनभरी काममा जोतिदा पनि त्यस्तो थकान र दुख लाग्थेन तर बेलुका घर फर्कदा पशुबस्तुले अन्नबाली नष्ट गरेको कुराले खुब पिरोल्थ्यो, पाकेको बालीलाई हामी थाल माथिको खाना सहर मान्छौं, तर त्यहि अवश्थामा पशुले खाइदिदा हाम्रो मनमा कालो बादल छाउन्थ्यो ।’ डुमि कठायतले भनिन् । भेडा, चौरी, झोपा, गाई, घोडा र खच्चर बढि पालिने यो क्षेत्रमा खेतियोग्य जमिनका लागि मल प्रसस्तै पुग्थो । तर यिनै पशुबस्तुबाट बाली जोगाउन नसक्दा किसानको खानेबेलाको अन्न नोक्सान हुन्थ्यो ।

वडाले साढे ४ किलोमिटर खेती योग्य जमिन घेरबार गरिदिएपछि खेतिबाली सुरक्षित छ । बृहत घेरबार पछि किसान भने दंग छन् । मनिगाउँमा १ हजार ४ सय मिटर, गठिगाउँमा १ हजार ८ सय, डिल्लीकोट गाउँमा १ हजार ३ सय क्षेत्रफलमा घेरबार गरिएको गुठिचौर १ का अम्मर बोहोराले बताए । ‘जिल्लाको बिकट क्षेत्रमा दुई वर्ष भित्र यति ठुलो क्षेत्रफलमा घेराबार बन्छ भन्ने कल्पना पनि थिएन, तर वडा सरकारले यो सम्भव गरिदियो, किसान लागि यो निकै राम्रो काम हो ।’ उनले सुनाए ।

किसानलाई स्याउ, ओखर का विरुवा र बिउ बिजन बाड्ने निकाय धेरै आए । तर घेरबार बिनाका विरुवा पशुबस्तुले नष्ट गरिदिए । गाउँलेहरु बेलाबखत सल्लो, झुलो, भोजपत्र, धुपी लगायतका विरुवा काटेर छेकबार गर्थे । एकातिर १ वर्षमै काठ कुहिने अर्कोतिर बन जँगल मासिने हुन्थ्यो । बृहत घेरबारले बन बचाउन समेत सघाउ पुर्याएको छ । बिना घेरबार रोपिएका स्याउ ओखरका विरुवा कहिल्यै हुर्कन पाएनन् । अहिले जुनसुकै फलफुल र अन्नबाली ढुक्कले रोप्न पाएको मणिसाँघुका स्थानीय चिरञ्जिवि अधिकारीले बताए ।