☰ open Loading... 16 June 2024|  

सुनको मूल्य घट्यो, १ लाख ४० हजार ५ सयमा कारोबार
पश्चिम नेपाल   | ९ जेष्ठ २०८१, बुधबार १५:०४

स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। मंगलबार १२ सय रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको छ।

यसअघि सोमबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसयता १३ सय रुपैयाँ घटेको छ।

यस्तै,चाँदीको मूल्य भने बढेको छ। हिजो १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य हालसम्मकै उच्च १ हजार ९४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।