☰ open Loading... 19 September 2024|  

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प
पश्चिम नेपाल   | २२ जेष्ठ २०८१, मंगलवार १६:५२

दैलेखको नेपा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार बिहान १० बजेर ३४ मिनेट जाँदा दैलेखको नेपा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

यस अघि हिजो सोमबार लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।