☰ open Loading... 22 June 2024|  

नापी कार्यालयका कर्मचारी अख्तियारको नियन्त्रणमा
पश्चिम नेपाल   | २५ जेष्ठ २०८१, शुक्रबार २०:३७

कपिलवस्तुको शिवराजनगर नगरपालिकाको चन्द्रौटा स्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचन प्रसाद गुप्ता शुक्रवार दिउसो २ बजेतिर ३५ हजार घुस सहित रंगेंहात पक्राउ परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले गुप्तालाई पक्राउ गरेको हो ।

कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ । गुप्तालाई नापी कार्यालयको नजिकै रहेको चिया पसलबाट नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका गुप्ता घुस नलिई कामै नगर्ने प्रवृत्तिका रहेको सेवाग्राहीले बताए । पक्राउ परेका गुप्ताको गोजीमा थप ५० हजार समेत रहेको थियो ।