☰ open Loading... 12 June 2024|  

पुल चुडिँदा १५ खच्चड बिहान ९ बजेदेखि कर्णाली नदीमाथि
पश्चिम नेपाल   | २७ जेष्ठ २०८१, आईतवार १२:२४

अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुँडिँदा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ ।

जीर्ण भएको पुलमा अछामबाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिए ।

नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय स्राेत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले बताइन । उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएको चलाउनेले जानकारी दिए ।

२०५७ सालमा निर्माण भएको पुल मर्मत सम्भार नहुँदा जीर्ण भएकोले चुँडिएको हो ।