☰ open Loading... 20 June 2024|  

इजरायलको आक्रमणमा एकैदिन २७४ प्यालेस्टाइनीको मृत्यु
पश्चिम नेपाल   | २७ जेष्ठ २०८१, आईतवार २०:४२

बन्धक बनाएका चारजना नागरिकलाई मुक्त गर्ने क्रममा भएको इजरायली बालबालिकासहित २७४ जनाको ज्यान गएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलका सेनाहरूले नुसेराट शरणार्थी शिविर र वरपर आक्रमण गरेको थियो ।

नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरणमा परेका २६ वर्षीय नोआ अर्गामानी, २२ वर्षीय अल्मोग मीर जान, २७ वर्षीय आन्द्रेइ कोज्लोभ र ४१ वर्षीया स्लोमी जिभलाई इजरायल फिर्ता गरिएको छ ।

इजरायली सेनाले पनि उक्त कारबाहीमा १०० भन्दा कम मानिसको मृत्यु भएको अनुमान गरेको छ।