☰ open Loading... 19 June 2024|  

दैलेखमा सेनाको हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार
यामराज बिष्ट   | २९ जेष्ठ २०८१, मंगलवार ११:३१

 

दैलेख – दैलेखमा एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।आठबिश नगरपालिका वडा नं -६की २४वर्षीया रुपा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

अत्यधिक रक्तस्राव भएपछि मंगलबार बिहान करिब साढे दस बजे तिर हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी सुर्खेत पठाएको उनले पश्चिम नेपाललाई जानकारी दिए ।

जिल्लामा गर्भवती महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बिनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।उनले भने, ‘अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।