☰ open Loading... 9 September 2024|  

सेवा लिँदा ‘अभिलेख कार्ड’ अनिवार्य
पश्चिम नेपाल   | २७ श्रावण २०८१, सोमबार २१:३१

 

दैलेख- अबदेखी नागरिकले वडाबाट सेवा लिँदा  ‘अभिलेख कार्ड’ अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । नारायण नगरपालिका–६ ले वडाको सामाजिक, भौतिक, शैक्षिक लगायतका सम्पूर्ण कुराहरूको अभिलेखीकरण गर्ने उद्देश्यले वडाले सेवा ग्राहीका लागि  जनसङ्ख्या तथाघरधुरी अभिलेख कार्ड अनिवार्य गरेको हो ।

अभिलेख कार्ड प्राप्त गरिसकेका व्यक्तिहरुको अभिलेख राख्न लागि अभिप्रेरित गर्ने उद्देश्यले वडाले अभिलेख कार्ड अनिवार्य गरेको नारायण नगरपालिका- ६का वडा अध्यक्ष जनकप्रसाद न्यौपानेले बताए। उनले जनसङ्ख्या तथा घरधुरी अभिलेख कार्ड  वडाको समग्र विकासमा ठुलो सहयोग पु¥याउने अपेक्षा राखिएको ‘अभिलेख कार्ड’को प्रयोगबाट वडाका नागरिकलाई सेवा प्रदान गर्न सहज होस भन्ने उद्देश्य रहेको यो कार्य सुरु गरिएको उनले जानकारी दिए । वडाले नागरिकका लागि ‘अभिलेख कार्ड’ वितरण अभियान तत्कालै सञ्चालन समेत बताए ।

जनसङ्ख्या तथा घरधुरी अभिलेख कार्डको प्रयोगले वडामा रहेका किसान, शैक्षिक अवस्था, रोजगारी लगायत सम्पूर्ण अवस्थाको विवरण सङ्कलन गरी अभिलेखीकरणमा सहज हुने छ । ‘अभिलेख कार्ड’ले वडामा बसोबास गर्ने जातजातिको अवस्था उहाँहरूको मातृ भाषा वडाका नागरिकको शैक्षिक अवस्था लगायतका कुराहरू अभिलेखीकरण भई उहाँहरूका लागि वडाले गर्नुपर्ने कामको सहज पहिचान हुने वडा अध्यक्ष न्यौपानेले बताए ।

 

अभिलेख कार्डको अनिवार्यताले महत्वपूर्ण भुमिका खेल्ने उनले नारायण नगरपालिका दैलेख प्रमुख लोमन शर्माले बताए ।उनले जनसङ्ख्या तथा घरधुरी ‘अभिलेख कार्ड’ कार्यक्रमले वडाको विकास लगायत अन्य कुराको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए । उनले यसको प्रयोगबाट आगामी योजना बनाउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले जनसङ्ख्या तथा घरधुरी ‘अभिलेख कार्ड’उद्देश्य अनुसार काम गरे यसले समाज परिवर्तनमा ठुलो योगदान पु¥याउने बताए । अन्य वडाहरूले पनि जनसङ्ख्या तथा घरधुरी ‘अभिलेख कार्ड’को प्रयोगबाट नागरिकलाई सेवा दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए । उनले  ‘अभिलेख कार्ड’ मार्फत जनताका समस्या पहिचान गरी समाधान गर्न सहज हुने बुढाले बताए ।