☰ open Loading... 9 September 2024|  

सुनको मूल्य हालसम्मकै उच्च
पश्चिम नेपाल   | ४ भाद्र २०८१, बुधबार १४:१२

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत भदौ २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको थियो।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।