☰ open Loading... 4 November 2024|  

जिल्लाको विकासमा सबै एक जुट हुनुपर्छ– अध्यक्ष शाही
यामराज बिष्ट   | १४ कार्तिक २०८१, बुधबार १६:३९

 

दैलेख–नेकपा एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले जिल्लाको विकासमा सबै एक जुट हुनुपर्ने बताएका छन् ।नेकपा एमाले दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा भएका समस्या समाधान गर्न सबै राजनितिक दल एक भएर काम गर्नुपर्ने उनले बताए । उनले भने दैलेखका अपपत्र परेका विकासका पूर्बधार निर्माणका लागी आफुले पहल गर्ने बताए ।
जनताका चासो र सरोकारका सबै मुद्दामा सबैजुट हुनुपर्ने बताउदै बिकाश निर्माणका लागि आफ्नो पार्टीले समेत पहल गर्ने उनले बताए ।
‘हामी सबै मिलेर मात्रै जिल्लाको विकास सम्भव हुने हो । सबै पक्षको साथ र सहयोगले मात्रै विकास निर्माण समयमै सम्पन्न गर्न र दिगो ढंगले गर्न सकिन्छ ।’ अध्यक्ष शाहीले भने।

नेकपा एमालेले कृषि स्वास्थ्य शिक्षामा भएका समस्याको लागी पहल गर्ने उनले जानकारी दिए । उनले जिल्लाका सबै पार्टी मिलेर दैलेख समृद्धिका लागि मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।
उनले आफ्नो पार्टीले जिल्लामा थुप्रै काम गर्ने बताउर्दै तीन तहको सरकारबीच समन्वयलाई थप ब्यवस्थित गरेर जानुपर्ने बताए । उनले दैलेख जिल्लामा दीर्घकालिन प्रभाव पार्ने खालका समसामिक बिषय कर्णाली करिडोर सफल सम्बन्धीत निकाय संग पहल गर्ने, दैलेख महाबु सडक ,दुल्लु स्मार्ट सीटीलाई प्रथाकिताका साथ अगाडी बढाउन पहल गर्ने लगायत जिल्लाका कृषि ,शिक्षा, बिधुत, स्वास्थ्य,खानेपानी लगायतका बिषयमाका लागी पहल गर्न पार्टीले निर्णय गरेको समेत बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले पार्टीले जिल्लामा भए गरेका अलपत्र परेका कामको खबरदारी गर्नुपर्ने बताए ।उनले बेथिति र भ्रष्टाचार मौलाउँदै गएकोले जिल्लाका राजनीतिक दलहरूको खबरदारी गर्न जरुरी समेत बताए ।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीन रिजालले पार्टीले उठाएको बिषयबस्तु एकदमै महत्वपूर्ण भएकाले यसलाई कार्यान्वयमा ल्याउन सबै लाग्नुपर्ने बताए । ।

जिल्लामा सबै राजनीतिक दल एकढिक्का भएर जिल्लाको विकास निर्माणमा लाग्नुपर्ने प्रेस चौचारी नेपालका केन्द्रीय सचिव बिष्णु शर्माले बताए ।उनले जिल्लामा पत्रकारले मात्र नभएर राजनीतिक तह देखि खबरदारी गर्ने हो भने दैलेखको विकासले फड्को मार्ने समेत उनले बताए ।