☰ open Loading... 5 December 2024|  

कालीकोट जिप दुर्घटना : घाइतेलाई सुर्खेतमा उपचार हुँदै, ६ जना मृत्यु हुनेको पहिचान खुल्यो
पश्चिम नेपाल   | २५ कार्तिक २०८१, आईतवार १८:३९

जीप दुर्घटनामा ६ ज्यान गुमाएका छ्न ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया छन् ।

यस्तै दुर्घटनामा घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत रहेका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दानबहादुर, निर्मला, जगत दोली, आयुशा र चालक धनीरामको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशीक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । पलाता–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटनामा परेको हो । राडुको उकालोमा अनियन्त्रित भइ काप्री खोलामा खसेर दुर्घटना भएको हो ।