☰ open Loading... 5 December 2024|  

विकास निर्माणमा कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल
पश्चिम नेपाल   | २६ कार्तिक २०८१, सोमबार १३:०६

दैलेख- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताए।  नारायण नगरपालिका दैलेखले आयोजना गरिएको कार्यक्रममा उनले जनताको काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।
विकास योजनाका लागि सरकारी तहबाट विनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताए ।
सरकारले विनियोजन गरेका बजेटलाई व्यक्ति बिशेषको योजना बनाउने परिपाटीप्रति खवरदारी गर्न पनि मुख्यमन्त्री कडेलले स्थानिय तह, संघ ,प्रदेश सरकारलाई आव्हान गरे । उनले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन आग्रह गरे।

यस्तै नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले मुख्यमन्त्री यामलाल कँडेललाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै कार्तिक १९ गतेको अविरल वर्ष सगैं  असिनाले नारायण नगरपालिका  ४,५,र १०का किसानले लगायको लगभग ८२लाख बराबरको धान बालि, तरकारी खेती र फलफूल खेतिको क्षेति पुराएको हुँदा नागरिकलाई राहतको कार्यक्रम ल्याई आवश्यक निर्देशन हुन अनोरोध गरेको बताए । उनले नारायण नगरपालिका क्षेत्रमा निर्माण देखि थुप्रै समस्या भएको आपतकालीन राहत, पुनर्निर्माण र दीर्घकालीन विकास परियोजनाहरूमा ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको बताए । प्रदेश सरकारसँग तत्काल राहत र विकासका कदम चाल्न आवश्यक पहल गर्न मुख्यमन्त्री कँडेललाई आग्रह समेत  गरेको उनले बताए ।

कार्यक्रममा समाजिक मन्त्री घनश्याम भण्डारी ,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाह ,दैलेखका प्रमुख जिल्ला अधिकारीनवराज जैसी , वडाध्यक्षको लगायको सहभागीता रहेको थियो ।

 

५ बुँदे ध्यानाकर्षण पत्र