☰ open Loading... 3 December 2024|  

बाल विवाह न्यूनीकरण गर्न छलफल
पश्चिम नेपाल   | ८ मंसिर २०८१, शनिबार ०७:०९

दैलेख- दैलेखमा बालविवाह न्यूनिकरण गर्न अन्तरक्रिया गरिएको छ । महिला कानुन र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा बाल विवाह न्यूनिकरणका लागि गर्न सकिने पहल बारे छलफल गरिएको हो ।

उक्त कार्यक्रममा नारायण नगरपालिका दैलेखका उप- प्रमुख तप्ता कुमारी थापाले यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताईन् ।उनले नारायण नगरपालिकाले बालबिवाह न्यूनिकरण गर्नको लागि विभिन्न कार्यक्रम संञ्चालन गरेको बताईन् ।उनले भनिन सबै संग समन्वय गरेर काम गरेको समेत जानकारी गराईन् ।बालविवाह गर्नु भनेको कानूनत र शारीरिक दृष्टिलेसमेत जोखिम रहेकोले जोखिम न्यूनिकरणमा सबैको दायित्व रहेको बताइन्।


यस्तै बाल विवाह जस्तो सामाजिक अपराध अन्त्यका लागि सबैले आफ्नो ठाँउवाट पहल गर्नु आवश्यक रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापाले बताए । उनले बालविवाह अन्त्यका लागि स्थानीय तहहरूले गरेका प्रयासका परिणाम उपलब्धिमूलक भए पनि उल्लेख्य परिणाम भने आउन नसकेको बताए ।

 नेपाल प्रेस युनियनका सभापति अभिषेक अनुरागले समाजमा बालविवाह र यौन दुव्र्यवहार सम्बन्धी  समाजमा वर्गीय विभेद रहेको बताए ।उनले बालविवाह हुन नदिन सामाजिक सचेतनाको कमि भएको बताए । उनले कानुन सबैका लागि बराबर भए पनि धनी वर्गलाई नलाग्ने र आर्थिक अवस्था कमजोर भएका मान्छेलाई मात्र कानुनी सजाय भोग्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताए ।