☰ open Loading... 5 December 2024|  

दुर्घटनाको कारण कर्णाली राजमार्ग अवरुद्ध
पश्चिम नेपाल   | ७ मंसिर २०८१, शुक्रबार १७:२६

जुम्लाबाट टिकापुर जाँदै गरेको ना४ख ६०५६ नम्वरको बस कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठविस नगरपालिका –३ सिस्नेमा दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । बसबो बे्रक फेल हुँदा भित्तामा ठोकिएर सडकमै पल्टिएपछि राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोप बहादुर महताराले जानकारी दिए ।

प्रहरीका अनुसार ८ जना घाईते भएका छन् । उनीहरुको उपचारका लागि सुर्खेत पठाईएको छ । बसमा ३२ जना सवार थिए ।