☰ open Loading... 14 December 2024|  

विद्यार्थीलाई अभिमुखीकरण तालिम
पश्चिम नेपाल   | १५ मंसिर २०८१, शनिबार १५:३९

दैलेखको नारायण नगरपालिका वडा -५ रहेको महेन्द्र माध्यमिक विद्यालय सोतका कक्षा दशमा अध्ययनरत २५जना छात्रा लाई पाच दिने अभिमुखीकरण तालिम दिएको छ। युनिसेफ नेपालको आर्थिक सहयोग , टि.पि.ओ नेपालको आयोजनामा र नारायण नगरपालिकाको सहकार्यमा तालिम गरिएको हो । आफ्नो भावनाको पहिचान गर्ने सक्ने ,आफूमा भएको सीप , क्षमता ,व्यवहार र सम्बन्धमा हुने समस्याहरूको समाना गर्ने ,तनाव व्यवस्थापनका लागि आरामदायी अभ्यासहरू सम्बन्धी ज्ञान तथा सीप हासिल गराउर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको मनोसामाजिक कर्ता उर्मिला बिसीले जानकारी दिइन्।

पहिला आफ्नो कुरा अरुलाई भन्न पनि गारो हुने गथ्र्यो ,अहिले तालिममा सहभागि भए पछि ,किशोर अवस्थामा आउने परिवर्तनको बारेमा खुलेर कुरा गर्न सक्ने भएका छौ,योस्तो ज्ञान तथा सीप सिक्ने अवसर पाउदा निकै खुशी लागेको तालिममा सहभागि किशोरीहरूले बताए ।