☰ open Loading... 26 January 2025|  

शुद्ध खानेपानी पहुँच सबै नागरिक पुर्‍याउन पहल
पश्चिम नेपाल   | ८ पुष २०८१, सोमबार १७:२१

दैलेख- डुङ्गेश्वर गाँउपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले पालिकाले बिकाश निमार्णका क्षेत्रमा थुप्रै काम गरेका काम भएको बताएका छन् । दैलेख सुदरमुकामा एभरेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा संञ्चालित जलबायु उन्थानशिल समाबेशि खानेपानी सरसफाई परियोजनाको समापन कार्यक्रममा खानेपानी ,सरसफाइ स्वच्छता क्षेत्रमा एभरेष्ट क्लबले गरेका कामले प्रसशा गर्दै नागरिक सन्तुष्ट भएको बताए ।

उनले शुद्ध पिउने पानी नागरिकको अधिकार भएको बताउदै पालिकाले थुप्रै गतिविधि संञ्चालन गरेको बताए । उनले  खानेपानी क्षेत्रमा अझै बिस्तार गर्नुपर्ने बताए । उनले खानेपानी पहुँच सबै नागरिकमा पुर्‍याउन पहल भएको बताए । उनले खानेपानीको सहज पहुँच पुर्‍याउने गरी काम भएको  र एसएनभीका टिम, पालिकाका कर्मचारीलाई राम्रो काम गरेकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्तै सहकार्य आवश्यक रहेको बताए ।

एभरेष्ट क्लबका सदस्य दिपक केसीले विगत देखि थुप्रै काम गरेको बताए । उनले सन २०९देखि खानेपानीको क्षेत्रमा क्लबले थुप्रै काम गरेको बताए । उनले पछिल्लो समयमा एसएनभी नेपालको साझेदारीमा दैलेखका स्थानीय तहमा उनले शुद्ध पिउने पानी नै मानवको जिवन लागी अपरिहार्य भएको समुदायमा गुणस्तरिय पानीमा सबैको पहुँच दिनको लागि तथा गुणस्तरिय पानी प्रदान गर्नको काम गरेको बताए । उनले नीति निर्माण स्थानीय तहले सहयोग गरेको बताए ।

यस्तै महाबु गाँउपालिका अध्यक्ष जंग बहादुर शाहीले सबै नागरिक सचेत हुनुपर्ने बताए ।उनले शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी पालिकाले काम गरेको बताँउदै नागरिकको शुद्ध खानेपानी खाने सपना सबै मिलेर पूरा गर्नुबताए । उनले संस्थाले सकारात्मक सन्देश छोड्को बताए । संस्थाले गरेको कामलाई सबैले सहयोग गर्नुपर्ने बताए ।उनले जलवायु परिवर्तनलगायत  खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भदै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

 

कार्यक्रममा नागरिकलाई बिगदेखि शुद्ध पिउने पानीको प्रयोग गर्न फिल्टर कसरी सफाई गर्ने बिषयमा प्रयोगात्मक अभ्यास समेत गरेको एभेष्ट क्लब एसएनभी नेपालका कार्यक्रम संयोजक बिमला विशून्केले बताइन्। उनले डुङ्गेश्वर गाउँपालिका र एभरेष्ट क्लबको साझेदारीमा डुङ्गेश्वर गाउँपालिका– ६ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा बालमैत्रीपूर्ण खानेपानी धारा निर्माण गरिएको उनले बताइन् ।यस्तै महाबु गाँउपालिकामा  नागरिकलाई शुद्ध पानीको पहुँचमा पुर्‍याउनको लागि क्ललले काम गरेको उनको भनाई छ ।

कार्यक्रम सहभागी महाबु गाँउपालिकाका वडाध्यक्ष र डुङ्गेश्वर गाउँपालिका वडाध्यक्ष एभरेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा संञ्चालित जलबायु उन्थानशिल समाबेशि खानेपानी सरसफाई परियोजना खानेपानीको क्षेत्रमा बिगत देखि गरेकाो कामको प्रससा गर्दै आउँदा दिनमा पनि यस्ता खाले कार्यक्रममा पालिकामा संञ्चालन हुनुपर्ने बताएका थिए ।