☰ open Loading... 19 January 2025|  

दैलेखमा जिप दुर्घटना हुँदा ८जना घाइते
पश्चिम नेपाल   | ११ पुष २०८१, बिहीबार १५:१०

 

 

दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। आज दिउँसो सदरमुकामबाट देखि बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१च०५३५ नम्बर को जिप नारायण नगरपालिका–८ स्थित सिमाडा  दुर्घटना हुँदा सात जना घाइते भएका हुन्।

घाइतेहरुलाई दैलेख अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको दैलेख ट्राफिक प्रहरी प्रमुख टोप बहादुर महताराले जानकारी दिए । घाइते हुनेमा भगवतीमाई गाँउपालिका- २का१८बर्षीय दिपक बोहोरा २४बर्षीय अनिता रावत ३बर्षीय प्रकाश रावत ३२बर्षीय गगना विक७०बर्षीय लालसरा बिक३० बर्षीय दिपक रावत जुुम्ला तिला गाँउपालिका- ५का प्रकाश रावत२४बर्षीय रोजिना तिरुवा रहेको उनले बताए ।