☰ open Loading... 25 January 2025|  

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध
पश्चिम नेपाल   | २१ पुष २०८१, आईतवार ११:०४

उच्च अदालतले रिट खारेज गर्दा पनि कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको अवरोध कायमै छ । स्थानीयले अवरोध जारी राखेपछि बाँकेको बानियाभारमा ३ वटा टावरको काम अघि बढ्न सकेको छैन ।

बाँकेको वैजनाथ गाउँपालिकास्थित बानियाभारमा ३ र गाभरमा १२ वटा टावर निमार्ण गनुपर्ने थियो । गाभरको विवाद समाधान भएर पनि टावरको मुआब्जा निर्धारणको काम भइसकेको छ । टावरमुनिको पनि मूल्यांकन भइरहेको छ । अबको केही दिनमा यो पनि सक्ने तयारी छ । तर बानियाभारको काम अझै सुरु हुन सकेको छैन ।

उचित मुआब्जा पाउनुपर्ने अडान राख्दै आएका स्थानीयबासीहरूले आयोजनाको काम अघि बढाउन दिएका छैनन् । आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार स्थानीयसँग निरन्तर छलफल भइरहेको छ ।