☰ open Loading... 18 January 2025|  

चक्कु प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
पश्चिम नेपाल   | २७ पुष २०८१, शनिबार २०:५२

श्रीमती हत्या अभियोगमा प्रहरीले रुपन्देहीबाट एकजनालाई नियन्त्रणमा लिएको छ।

देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

घरायसी विषयमा झै-झगडाको क्रममा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।