पश्चिम नेपाल | १२ माघ २०८१, शनिबार १९:२४
बैतडी जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन्।
उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिपका चालक फरार छन्।