☰ open Loading... 12 February 2025|  

हुम्लामा १५ घण्टा अघोषित लोडसेडिङ
पश्चिम नेपाल   | १४ माघ २०८१, सोमबार २०:२७

०६५ साल जेठ १४ गतेबाट सञ्चालनमा आएको हिल्दुम वितरण केन्द्रले दैनिक रुपमा अघोषित लोडसेडिङ गरेपछि हुम्लाका सेवाग्राही मारमा परेका छन् । हरेक दिन १५ घण्टाभन्दा बढी विद्युत कटौती गरेपछि जिल्लाका २ हजार ५६६ सेवाग्राही प्रत्यक्ष मारमा परेका हुन् ।

लामो समय विद्युत कटौती गरेपछि जिल्लाभित्रका सरकारी कार्यालय, गैहसरकारी कार्यालय, स्थानीय बासिन्दा, उद्योगधन्दा, सञ्चारकर्मी, बजारका उपभोक्ता मारमा परेका छन् ।