☰ open Loading... 22 March 2025|  

आज सुन १ लाख ६९ हजार ६ सय रुपैयाँ पुग्यो
पश्चिम नेपाल   | २८ माघ २०८१, सोमबार २०:२६

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पहिलो पटक प्रतिऔंस २९ सय अमेरिकी डलर नाघेको छ । जुन हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दै जाँदा नेपाली बजारमा पनि यसको प्रभाव परेको छ । सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।