रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएपछि पारिवारिक सदस्यहरु काजकिरिया गरेका छन् ।
सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा रुस हिँडेका थिए । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन् ।
४४ वर्षीय तिलकको मृत्युको खबर उनको परिवारलाई साथीभाइले फोन गरेर दिएको उनका आफन्तसमेत रहेका सुनछहरी गाउँपालिका वडा नं. ५ का सदस्य बेगम बुढाथोकीले बताए ।
तीर्खका जेठा दाजु खगेन्द्र बुढाथोकीका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए । ‘सम्पर्कबाहिर भएदेखि नै केके गरेर हुन्छ हामीले जोडिन खोजेका थियौं । पहिले कुराकानी भएका उसका साथीहरूसम्म पुग्यौं । पछि पल्टनले नै उनले सहादत प्राप्त गरेको खबर पठाएपछि हामीलाई पनि जानकारी आयो’,