☰ open Loading... 26 April 2025|  

स्थानीय तहको योजना सम्बन्धि छलफल
पश्चिम नेपाल   | १ बैशाख २०८२, सोमबार ०५:४२

दैलेख –स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धि छलफल कार्यक्रम आयोजना गरिएको छ।आवाज संस्थाको आयोजना नारायण नगरपालिका दैलेखको समन्वयमा युरोपेली संघको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघीय निकायहरू – UNICEF, UNFPA, UNWOMEN, ILO को सहकार्यमा सञ्चालित शसक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएकाे हाे ।

कार्यक्रममा स्थानीय तहको योजना कार्यान्वनका क्रममा भोग्नु परेको समस्या र अपेक्षाका बारेमा छलफल गरिएको आवाज संस्थाका मनोसामाजिककर्ता सम्झना कुमारी खत्रीले बताईन् ।

योजना छानबिन सम्बन्धि सबै जानकार हुनुपर्ने नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापाले बताइन् ।उनले योजना छनोट गर्दा आवश्यताका अनुसार छनोट हुनुपर्ने बताईन् । उनले वडामा भएका हरेक गतिविधिमा सबै जानकार हुनुपर्ने बताईन् ।

कार्यक्रममा स्थानीय योजना तर्जुमा तथा अन्तर–सरकार योजना समन्वय र अनुकुलनका पाटाका विषयमा नारायण नगरपालिका दैलेखका बरिष्ठ शाखा अधिकृत पदम सापकोटाले सहजिकरण गरेका थिए ।