☰ open Loading... 25 May 2025|  

लैङ्गिक हिंसा अत्य गर्न छलफल
पश्चिम नेपाल   | ७ बैशाख २०८२, आईतवार ०५:३२

दैलेख – दैलेखमा लैङ्गिक हिंसा अत्य गर्न  छलफल गरिएको छ । नारायण नगरपालिका दैलेखको आयोजना, सोसेक नेपालको समन्वयमा लैङ्गिक हिंसा अत्य गर्न छलफल छलफल गरिएको हो ।

लैङ्गिक हिंसामा परेका पिडितको क्षमता विकास,सचेतना जगाउने, लैङ्गिक हिंसाका घटना न्युनिकरण गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको नारायण नगरपालिका दैलेखका महिला तथा बालबालिका शाखा प्रमुख गीता बुढाले बताइन् ।उनले हिंसामा परेकाहरुलाई न्याय प्राप्तीको लागि  सघाउन लैङ्गिक हिंसा निवारण कोष निर्माण गरि संञ्चालन गरिएको  बताइन् ।

कार्यक्रममा नारायण नगरपाकिाका नगरप्रमुख लोमन शर्मा, उपप्रमुख तपता थापा, वडाध्यक्ष, कर्मचारी, सुरक्षा निकाय, सघं संस्थाका प्रतिनिधीको सहभागीता थियो ।