☰ open Loading... 25 May 2025|  

डुंगेश्वर गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे हुँदै
पश्चिम नेपाल   | २५ बैशाख २०८२, बिहीबार ११:१५

दैलेखको डुंगेश्वर गाउँपालिका मुकामसम्म कालोपत्रे हुने भएको छ। कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले माथिल्लो डुंगेश्वरदेखि डुंगेश्वर गाउँपालिका मुकाम डाँडाँपराजुलसम्म कालोपत्रे गर्ने भएको हो।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक समाहरोहका बीच कालोपत्रेको शिलान्यास गरेका छन्। विश्व बैंकको ऋण सहायतामा संचालन हुने गरी संघ सरकारको समन्वय तथा स्थानीय तहको सहयोगमा प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी पूर्वाधार विकास कार्यालयले रेखदेखको जिम्मेवारी लिने गरी उक्त सडक कालोपत्रे हुन लागेको गर्ने प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका यगेन्द्र धरालाले बताए। करिब ८ किलोमिटर सडक कालोपत्रेका लागि २८ करोड १२ लाख ७५ हजार ९ सय ३७ रुपैयाँमा गरिएको ठेक्का आह्वानमा श्री अमर–खड्काकृष्ण–वासना जेभीले २४ करोड बढीमा ठेक्का सम्झौता गरेको छ।

शिलान्यास कार्यक्रममा तोकिएको समयभन्दा छिटो काम सक्ने उद्घोष निर्माण व्यवसायी मानव बमले गरेका छन्। ‘स्थानीय, पालिका जनप्रतिनिधि तथा सरोकारवाला सबैसँग समन्वय गरेर कामको रफतार बढ्छ,’ निर्माण व्यवसायी बमले भने, ‘अर्को वैशाख या जेष्ठसम्म ८ किलोमिटर सडक कालोपत्रे गरेर सक्छु।’

कार्यक्रमले मुख्य गरी प्रादेशिक सडकहरूलाई स्तरोउन्नति तथा आवधिक र नियमित मर्मतसम्भार गर्ने, गाउँपालिका तथा नगरपालिका केन्द्रलाई बाह्रै महिना सडक सञ्चालन हुने लक्ष्य राखिएको छ। सामाजिका विकास सभापति तथा कर्णाली प्रदेश सांसद पूर्णबहादुर खत्रीले कालोपत्रे सडक निर्माणले डुंगेश्वरवासीहरूमा खुसी भएको बताए। उनले समयमै काम सक्नका लागि सबैको हातेमालो हुनुपर्ने बताए।

त्यस्तै कार्यक्रममा कर्णालीका भौतिक राज्य मन्त्री गमता विकले संघियतापछि गाउँगाउँमा विकासहरू भइरहेको बताइन्।