पश्चिम नेपाल | २६ बैशाख २०८२, शुक्रबार १९:५२
सुर्खेतको वीरेन्द्रनगरमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्री गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ७२ वर्षीया तुलसी जैशी छन्।
शुक्रबार वीरेन्द्रनगर बजारको मूलपानी चोक नजिकै जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी जैशीलाई बाँगेसिमलतर्फ जाँदै गरेको भे १ ख १९३६ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए।


घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।



